नेपाल बैंकका अध्यक्षपछि सीइओ पाण्डेविरुद्ध पनि छानविन गर्दै अख्तियार ! (अख्तियारमा परेको उजुरी पत्रसहित)

काठमाडौँ । अध्यक्षले घुस खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका सीइओ तिलकराज पाण्डेविरुद्ध पनि अनुसन्धान सुरु गरेको छ । ऋण मिलाईदिने नाममा घुस खाने कर्मचारीहरुलाई संरक्षण गरेको भन्दै उजुरी परेपछि अख्तियारले घुसको भाग लिएर संरक्षण गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान सुरु गरेको हो । केहि समय अगाडी बैंकको रौतहटस्थित एक […]

Jun 10, 2025 - 07:56
 0
नेपाल बैंकका अध्यक्षपछि सीइओ पाण्डेविरुद्ध पनि छानविन गर्दै अख्तियार ! (अख्तियारमा परेको उजुरी पत्रसहित)

काठमाडौँ । अध्यक्षले घुस खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका सीइओ तिलकराज पाण्डेविरुद्ध पनि अनुसन्धान सुरु गरेको छ । ऋण मिलाईदिने नाममा घुस खाने कर्मचारीहरुलाई संरक्षण गरेको भन्दै उजुरी परेपछि अख्तियारले घुसको भाग लिएर संरक्षण गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान सुरु गरेको हो ।

केहि समय अगाडी बैंकको रौतहटस्थित एक शाखामा त्यहाँका मेनेजरले घुस खाएर दिनै नमिल्ने ऋण दिएको पाइएको थियो । तर, ती कर्मचारीलाई कारवाही गर्नुको साटो उल्टै संरक्षण गरेको आरोप सीइओ पाण्डेमाथि छ । अख्तियारले उनीसँग यस विषयमा बयान लिने तयारी गरेकोसमेत बुझिएको छ ।

सीइओ पाण्डेले भने आफु घुस लिने दिने काममा संलग्न नरहेको दाबी गर्दै आएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ पाण्डेले आफुले अहिलेसम्म घुस खाने काम नगरेको दाबी गरेका हुन् । उनी नेपाली काँग्रेस निकट हुन् ।

सीइओ भएर आएपछि उनले सुरुमै स्वर्गीय सुबास नेम्वाङ्गको सम्पत्ति लिलाम गर्ने सूचना निकालेका थिए । त्यसपछि उनको चर्को आलोचना भएको थियो । यद्यपी अर्थ सरोकारसँग कुराकानी गर्दै उनले नेम्वाङ्गलाई सबैले सम्मान गर्ने हुँदा आफुले पनि गर्ने र सो लिलामी सूचना पछाडी कुनै पनि राजनीतिक प्रतिशोध नभएको बताएका थिए । यस्तो छ अख्तियारमा परेको उजुरी:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register