स्थानीयद्वारा बन्द राजमार्ग सात घण्टापछि सञ्चालनमा 

रौतहट।   स्थानीयद्वारा  पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–१ बागमतीमा गरेको चक्काजाम सात घण्टा पछि खुलेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका वडानम्बर १ को बागमती खण्डमा बिहीबार सवारी साधनको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम सहमति पछि सञ्चालनमा आएको छ ।  ठक्कर दिने सवारी साधन र चालक फरार भएपछि स्थानीय आक्रोशित हुँदै  […]

Jun 12, 2025 - 09:51
 0
स्थानीयद्वारा बन्द राजमार्ग सात घण्टापछि सञ्चालनमा 

रौतहट। 

 स्थानीयद्वारा  पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–१ बागमतीमा गरेको चक्काजाम सात घण्टा पछि खुलेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका वडानम्बर १ को बागमती खण्डमा बिहीबार सवारी साधनको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम सहमति पछि सञ्चालनमा आएको छ ।

 ठक्कर दिने सवारी साधन र चालक फरार भएपछि स्थानीय आक्रोशित हुँदै  बिहान ६ बजेदेखि दिउँसो १ बजे सम्म चक्काजाम गरेका थिए । राजमार्ग जाम भएका कारण पूर्व पश्चिम गन्तव्यमा सबार यात्रुहरूको बिचल्ली भएको थियो । 

प्रहरीले ठक्कर दिएको आशकित सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ । राजमार्गमा जडान गरिएको सिसिटिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचानका लागि जाँच भइरहेको प्रहरीले जनाएको छ । पीडित पक्षलाई न्याय दिलाउने र भगाइएको सवारी साधन नियन्त्रणमा लिएर कानुनी कारबाहीको लागि अनुसन्धान अघि बढाइने  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register