डब्लुएचओे दक्षिण पूर्वी एशिया क्षेत्रको आपतकालीन कोषमा नेपालको तर्फबाट १५ लाख सहयोग

काठमाडौँ। नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्थापना गरेको दक्षिण पूर्वी एशिया क्षेत्रीय आपतकालीन कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । यस क्षेत्रका सदस्य देशहरुलाई स्वास्थ्य आपतकालीन अवस्थाको तयारी तथा प्रतिकार्यका लागि स्थापित कोषमा नेपालले सो रकम सहयोग गरेको हो । डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रका निर्देशक साइमा वाजेदले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पत्र लेख्दै कोषमा […]

Feb 10, 2025 - 14:47
 0
डब्लुएचओे दक्षिण पूर्वी एशिया क्षेत्रको आपतकालीन कोषमा नेपालको तर्फबाट १५ लाख सहयोग

काठमाडौँ।

नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्थापना गरेको दक्षिण पूर्वी एशिया क्षेत्रीय आपतकालीन कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

यस क्षेत्रका सदस्य देशहरुलाई स्वास्थ्य आपतकालीन अवस्थाको तयारी तथा प्रतिकार्यका लागि स्थापित कोषमा नेपालले सो रकम सहयोग गरेको हो ।

डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रका निर्देशक साइमा वाजेदले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पत्र लेख्दै कोषमा नेपालको तर्फबाट भएको योगदान प्रति धन्यवाद व्यक्त गरेकी छन् । उनले पत्रमा नेपालले विभिन्न मञ्चमा क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषको कुशलतापूर्वक नेतृत्व गरेको भन्दै प्रशंसा समेत गरिन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register