‘संसद् अवरोध गर्नुको औचित्य छैन, म माथि षड्यन्त्र भयो’- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध राखेर षड्यन्त्र भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले केही समय यता संसद् अवरोध रहेको र संसद्को अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको समेत जिकिर गरेका छन् । केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह […]

Jun 12, 2025 - 13:23
 0
‘संसद् अवरोध गर्नुको औचित्य छैन, म माथि षड्यन्त्र भयो’- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध राखेर षड्यन्त्र भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले केही समय यता संसद् अवरोध रहेको र संसद्को अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको समेत जिकिर गरेका छन् । केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि लेखकले आरोप लगाएका छन् । 

‘केही समयदेखि संसद् अवरोध भएको छ । यो संसद्को अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन ।’, उनले भने, ‘प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’

त्यस्तै, उनले अब संसद्को अवरोध चाँडै हट्नुपर्ने बताएका छन् । तर, विपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्रीले राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register