सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

काठमाडौँ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रा. लि. बीच छुट सम्झौता भएको छ । लोमस डिजिटलले बैंकका ग्राहकहरुलाई व्हर्लपूल प्रडक्ट र किचन एड प्रडक्ट खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले उत्तरढोका, काठमाडौँस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न […]

Jun 12, 2025 - 13:34
 0
सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

काठमाडौँ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रा. लि. बीच छुट सम्झौता भएको छ । लोमस डिजिटलले बैंकका ग्राहकहरुलाई व्हर्लपूल प्रडक्ट र किचन एड प्रडक्ट खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले उत्तरढोका, काठमाडौँस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

उक्त सेवाबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register