१० महिनामा बैंकहरुको नाफा ४७ अर्ब ७९ करोड, नबिलको नाफा सर्वाधिक, एनआईसी एशिया पुछारमा !

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिना (साउनदेखि बैशाखसम्म) वाणिज्य बैंकहरुले ४७ अर्ब बढी नाफा कमाएका छन् । यस अवधिमा बैंकहरुले कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।  यसो त वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए […]

Jun 13, 2025 - 04:55
 0
१० महिनामा बैंकहरुको नाफा ४७ अर्ब ७९ करोड, नबिलको नाफा सर्वाधिक, एनआईसी एशिया पुछारमा !

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिना (साउनदेखि बैशाखसम्म) वाणिज्य बैंकहरुले ४७ अर्ब बढी नाफा कमाएका छन् । यस अवधिमा बैंकहरुले कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । 

यसो त वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जुन चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । 

चालु आर्थिक वर्षको बैशाखसम्ममा २० वाणिज्य बैंकमध्ये १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ । नाफा बढाउनेहरुमा सबैभन्दा अगाडि नबिल बैंक छ । नबिल बैंकले यस अवधिमा ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । 

त्यस्तै, नबिलपछि सबैभन्दा धेरै नाफा कमाउने ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, एनआईसी एशिया बैंकले सबैभन्दा कम ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

बैंकहरुको नाफा घट्नुमा बढ्दो खराब कर्जा मुख्य कारण रहेको स्वयम् बैंकरहरुले बताएका छन् । यस अवधिमा बैंकको ऋण नतिर्नेहरु बढेसँगै खराब कर्जाको ग्राफ पनि बढ्दो देखिन्छ । यसो हुँदा बैंकहरुले ठूलो रकम प्रोभिजनका लागि छुट्याउनु परेको छ । यही कारण पनि बैंकहरुको नाफामा दबाब देखिएको बैंकरहरुको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register