बम रहेको सूचनापछि एअर इन्डियाको विमान आपत्‌कालीन अवतरण

काठमाडौं । थाइल्यान्डको फुकेट टापुबाट भारतको दिल्ली आउँदै गरेको एअर इन्डियाको विमान आपत्‌कालीन अवतरण गरिएको छ । विमानमा बम रहेको जानकारीपछि पछि  आपत्‌कालीन अवतरण गर्नु परेको थियो । एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार विमान सुरक्षित अवतरण भएको छ । विमानमा १५६ यात्रु सवार थिए । फ्लाइट ट्र्याकर फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान फुकेट […]

Jun 13, 2025 - 08:31
 0
बम रहेको सूचनापछि एअर इन्डियाको विमान आपत्‌कालीन अवतरण

काठमाडौं । थाइल्यान्डको फुकेट टापुबाट भारतको दिल्ली आउँदै गरेको एअर इन्डियाको विमान आपत्‌कालीन अवतरण गरिएको छ ।

विमानमा बम रहेको जानकारीपछि पछि  आपत्‌कालीन अवतरण गर्नु परेको थियो ।

एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार विमान सुरक्षित अवतरण भएको छ । विमानमा १५६ यात्रु सवार थिए ।

फ्लाइट ट्र्याकर फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान फुकेट विमानस्थलबाट दिल्लीको लागि उडेको थियो तर अण्डमान सागरको वरिपरि ठूलो घुमाउरो बाटो लिएर फुकेट फर्किएको थियो ।

बम छ भन्ने सूचना आएपछि विमानले अन्डमान सागरमाथि ठूलो मोड लिँदै लगभग २० मिनेट पछि थाइल्यान्डको फुकेट विमानस्थलमा सुरक्षित रूपमा आपत्‌कालीन अवतरण भएको थियो ।

सबै यात्रु र चालक दल सुरक्षित छन्, कसैलाई पनि केही भएको छैन । बम थियो वा थिएन तथा कसले धम्की दिएको थियोलगायत विस्तृत जानकारी आइसकेको छैन ।

यसअघि लन्डन जाँदै गरेको एयर इन्डियाको उडान तीन घण्टासम्म हावामा रहेपछि मुम्बईमा फिर्ता अवतरण गरिएको थियो ।

समाचार एजेन्सी पीटीआईले फ्लाइटराडार२४ को तथ्याङ्क उद्धृत गर्दै भनेको छ, “उडान मुम्बईबाट लन्डन जाँदै थियो र बिहान ५ ।३९ बजे उडान भरेको थियो ।”

एयर इन्डियाले एक विज्ञप्तिमा भनेको छ, “इरानको अवस्था र यसको हवाई क्षेत्र बन्द भएका कारण धेरै उडानहरू डाइभर्ट गरिएको छ वा तिनीहरूको मूल गन्तव्यमा फिर्ता अवतरण गरिएको छ ।”

बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको उडान दुर्घटनामा परेको थियो ।

उडान भरेको केही सेकेन्डपछि विमान बीजे अस्पतालको होस्टेलमा ठोक्कियो । विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको छ । होस्टेलमा उपस्थित धेरै मानिसहरूको पनि मृत्यु भयो । पछिल्लो जानकारीअनुसार कुल २६५ जनाले ज्यान गुमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register