आज छ प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

झापा, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हुने सम्भावित वर्षा तथा हिमपातबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे संक्षिप्त बुलेटिन जारी गरेर मौसम बारे जानकारी दिएको हो । आज दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान साथै मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र [...] The post आज छ प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना appeared first on Jhapa Online.

Jun 14, 2025 - 04:03
 0
आज छ प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

झापा, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हुने सम्भावित वर्षा तथा हिमपातबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे संक्षिप्त बुलेटिन जारी गरेर मौसम बारे जानकारी दिएको हो ।

आज दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान साथै मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोसी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थान, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

The post आज छ प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register