झापामा वैदेशिक रोजगार : १० महिनामा ३२ हजार विदेशिए, ४२ जनाको मृत्यु

सन्तोष शर्माझापा, २९ जेठ । झापाबाट वैदेशिक रोजगारको सिलसिलामा ३२ हजार बढी युवा विदेशिएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा चालू आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म ३२ हजार २९ जना विभिन्न मुलुक गएको बिहीबार पत्रकारसँगको अन्तरक्रियामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले जानकारी दिनुभयो । जसमध्ये महिलाको संख्या १९ प्रतिशत रहेको उहाँले बताउनुभयो [...] The post झापामा वैदेशिक रोजगार : १० महिनामा ३२ हजार विदेशिए, ४२ जनाको मृत्यु appeared first on Jhapa Online.

Jun 13, 2025 - 08:35
 0
झापामा वैदेशिक रोजगार : १० महिनामा ३२ हजार विदेशिए, ४२ जनाको मृत्यु

सन्तोष शर्मा
झापा, २९ जेठ ।
झापाबाट वैदेशिक रोजगारको सिलसिलामा ३२ हजार बढी युवा विदेशिएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा चालू आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म ३२ हजार २९ जना विभिन्न मुलुक गएको बिहीबार पत्रकारसँगको अन्तरक्रियामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले जानकारी दिनुभयो । जसमध्ये महिलाको संख्या १९ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

जिल्लाबाट साउन महिनामा दुई हजार छ सय ६३, भदौमा दुई हजार पाँच सय ७५, असोजमा दुई हजार पाँच सय ४५, कात्तिकमा तीन हजार पाँच सय ११, मंसिरमा चार हजार ४६, पुसमा तीन हजार ६६, माघमा तीन हजार पाँच सय ४६, फागुनमा तीन हजार दुई सय ४०, चैतमा तीन हजार दुई सय ९५ जना र बैशाखमा तीन हजार पाँच सय २५ जना रोजगारको खोजीमा विदेशिएको संयोजक बुढाथोकीले बताउनुभयो ।

वैदेशिक रोजगारीका मुख्य १० गन्तव्यहरु संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन रहेको उहाँले बताउनुभयो । “पछिल्लो समय युरोपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै ठगीको मुद्दा पनि बढेको छ”, उहाँले भन्नुभयो, “लागत बढी लाग्नुका साथै जान चाहनेहरुको संख्या धेरै भएकाले ठगी पनि बढिरहेको छ ।”

चालू आवमा जिल्लास्थित आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ६५ वटा उजुरीमध्ये नौ वटा किनारा लगाइएको र ५६ वटा प्रक्रियामा रहेका छन् । पीडितलाई रू तीन लाख ८६ हजार पाँच सय ३१ क्षतिपूर्तिवापत उपलब्ध गराइएको बुढाथोकीले बताउनुभयो ।

सरकारले घरेलु कामदारका रुपमा महिलालाई जान प्रतिबन्ध लगाए पनि घरेलु कामदारको रुपमा विदेशिने क्रम नघटेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षको बैशाखसम्ममा देशभरबाट पुनः श्रम स्वीकृतिसहित छ लाख ८५ हजार नौ सय २४ जना वैदेशिक रोजगारीका लागि विदेशिएको अन्तरक्रियामा जानकारी दिइयो ।

छ महिनामा ४२ जनाको मृत्यु
पछिल्लो तीन वर्षमा झापाबाट वैदेशिक रोजगारीमा गएका एक सय ६६ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० देखि चालू आवको पुस महिनासम्म एक सय ६६ जनाको मृत्यु भएको हो । जसमध्ये झापाका ४२ जना रहेका छन् । सोही अवधिमा १० जनाको अंगभंग भएको छ ।

चालू आवको पुस महिनासम्म कोशी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका एक सय ५५ जनाको मृत्यु भएको संयोजक शेखर बुढाथोकीले बताउनुभयो । कोशी प्रदेशबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा झापा पर्छ भने मृत्युको दर पनि सबैभन्दा धेरै झापाको छ ।

वैदेशिक रोजगारीको सिलसियामा कोशी प्रदेशबाट विदेशमै ज्यान गुमाउनेमा सुनसरीका ३२, इलामको ११, उदयपुरको आठ, ओखलढुंगाको तीन, खोटाङको पाँच, ताप्लेजुङको एक, तेह्रथुमको छ, धनकुटा र पाँचथरेको पाँच÷पाँच, भोजपुरको दुई, मोरङको २८, संखुवासभाको तीन, सोलुखुम्बुको चार जना रहेका छन् ।

दुई मृतकको परिवारलाई राहत
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका भद्रपुरका दुई जना मृतकको परिवारलाई राहत उपलब्ध गराइएको छ ।

भद्रपुर नगरपालिकामा सञ्चालित सामी कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्रको सहकार्यमा जनही रू २४÷२४ लाख राहत उपलब्ध गराइएको छ । त्यस्तै, परिवार स्वास्थ्य उपचार अन्तरगत पाँच वटा परिवारलाई जनही रू ५० हजार, विदेशमा बिरामी वा अंगभंग भएर फर्किएका दुई जनालाई जनही रू सात÷ सात लाख र दुई सय ७१ जनाको पुनः श्रम स्वीकृति गरिएको संयोजक बुढाथोकीले बताउनुभयो ।

त्यस्तै, १६ जनालाई बोर्डबाट प्राप्त छात्रवृत्ति प्रदान, ४० जनालाई मनोपरामर्श, सरोकारवालासँग अन्तरक्रिया, वैदेशिक रोजगारीमा गएका परिवार र विद्यार्थीलाई वित्तीय साक्षरता, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गहन अभिमुखीकरण लगायतका कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले झापामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको बताउनुभयो । “महिलाहरु अवैधानिक बाटोबाट पनि गएको हामीले पाएका छौं”, उहाँले भन्नुभयो, “यस्ता घटनामा जोडिएर उद्धार कार्यमा पनि सहभागी भएका छौं ।”

केही मुलुकमा अवैधानिक रुपमा जाने ‘ट्रेण्ड’ बढेको बताउनुहुँदै उहाँले वैदेशिक रोजगारीका लागि कम्बोडिया जाने हल्ला बढेको बताउनुहुँदै प्रमुख पोरखेलले प्रहरी प्रशासनसँगको सहकार्यमा उक्त हल्ला करिब करिब मत्थर भएको उल्लेख गर्नुभयो । “अवैधानिक कार्यलाई नियन्त्रण गरेर गैर कानूनी काम गर्नेलाई कारबाही गर्नु पर्छ”, उहाँले भन्नुभयो, “यसका लागि सबैको सहयोग जरुरी छ ।”

वैदेशिक रोजगारीमा गएका युवाले घर परिवारसँगै मुलुकको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । सामी परियोजनाले वैदेशिक रोजगारीको क्षेत्रमा प्रभावकारी प्रभाव पारेको उहाँले बताउनुभयो ।

नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगरपालिकाका रोजगार शाखा संयोजक टिकाराम पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको आतिथ्य रहेको थियो ।

नेपालबाट दैनिक दुई हजार ३० जना र बर्सेनि पाँच लाख युवा वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७०÷०७१ देखि २०८०÷०८१ सम्ममा वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसले मुलुकको कूल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान गर्दछ ।

सामी कार्यक्रम हाल झापाको चार पालिका भद्रपुर, दमक, मेचीनगर र गौरीगञ्जमा सञ्चालित छ भने आगामी आर्थिक वर्षदेखि हल्दिबारी, गौरादह, झापा, कमल, बाह्रदशी र बुद्धशान्तिमा शुरुवात हुने भएको छ ।

सामी कार्यक्रममार्फत् वैदेशिक रोजगारीमा जाने युवाको सीपमा पहुँच, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताको क्षेत्रमा काम गर्दै आएको छ ।

The post झापामा वैदेशिक रोजगार : १० महिनामा ३२ हजार विदेशिए, ४२ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register