कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा वैठकमा अवरोध गरेपछि कर्णाली सरकारले आज (आइतबार) सार्वजनिक गर्ने आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ । सरकारले बजेटमा एकलौटी गरेको भन्दै माओवादी केन्द्रले प्रदेशसभा बैठक अवरोध गरेको हो । प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ […]

Jun 15, 2025 - 15:41
 0
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा वैठकमा अवरोध गरेपछि कर्णाली सरकारले आज (आइतबार) सार्वजनिक गर्ने आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ ।

सरकारले बजेटमा एकलौटी गरेको भन्दै माओवादी केन्द्रले प्रदेशसभा बैठक अवरोध गरेको हो । प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

दिउँसो ३ बजेलाई बोलाइएको बैठक माओवादीको विरोधपछि रोकिएको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जीसीले सत्ता पक्षले एकलौटी बजेट प्रस्तुत गर्न खोजेपछि विरोध जनाएको बताए ।

उनले भने, ‘सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याउने प्रयास गरिरहेको छ । योजना बैंकमा कुन–कुन योजना समावेश गरिएको छ भन्ने विषय अहिलेसम्म थाहा नहुनु गम्भीर आपत्तिको विषय हो ।’
आजको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेपनि सत्ता र प्रतिपक्षबीचको विवादका कारण प्रदेशसभा बैठक अनिश्चितकालकाल लागि स्थगित गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेटको तयारी भएर प्रस्तुतिका लागि सबै तयारी पुरा थियो । तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले छलफलविना बजेट बनाइएको भन्दै असहमति जनाएपछि बैठक अघि नबढ्ने अवस्था आएको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार बजेट अन्तिम चरणमा छ, तर राजनीतिक सहमति विना प्रस्तुत गर्ने स्थिति छैन । सहमति जुटाउने प्रयास भइरहेको छ क।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register