‘मनका कुरा सिजन–टू’ लिएर आउँदै वसन्त चौधरी
काठमाडौं । उद्योगी वसन्त चौधरीले टेलिभिजन टक शो ‘मनका कुरा सिजन–टू’ लिएर स्रोता दर्शकमाझ आउने भएका छन् । ‘मनका कुरा विथ वसन्त चौधरी सिजन–टू’ नाम दिइएको यो कार्यक्रम प्राइम्स टाइम्स टीभीबाट प्रसारण हुनेछ । यो टक शो चाँडै आउने गीतकार तथा कविसमेत रहेका चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । अघिल्लो सिजनमा दर्शक–स्रोताले दिएको मायाले […]

काठमाडौं । उद्योगी वसन्त चौधरीले टेलिभिजन टक शो ‘मनका कुरा सिजन–टू’ लिएर स्रोता दर्शकमाझ आउने भएका छन् ।
‘मनका कुरा विथ वसन्त चौधरी सिजन–टू’ नाम दिइएको यो कार्यक्रम प्राइम्स टाइम्स टीभीबाट प्रसारण हुनेछ ।
यो टक शो चाँडै आउने गीतकार तथा कविसमेत रहेका चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
अघिल्लो सिजनमा दर्शक–स्रोताले दिएको मायाले उत्साहित भएर आफूले सिजन–टू ल्याउन लागेको उनले बताएका छन् ।
‘अघिल्लो सिजनमा अलि बढी औपचारिक भएँकि जस्तो लाग्यो । यस सिजनमा अति नै खुलेर कुरा गर्नेछु,’ उनले भनेका छन् ।
सीजी इन्टरटेरमेन्टको प्रस्तुतिमा यो टस शो सुरु हुन लागेको हो ।
What's Your Reaction?






