सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको […]

Jun 17, 2025 - 07:07
 0
सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register