दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, ६ महिनासम्म किस्ता तिर्नु नपर्ने

काठमाडौं । दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले ग्राहकका लागि नयाँ स्किम सार्वजनिक गरेको छ । ‘ड्राइभ नाउ, पे लेटर’ नामको यो योजनाअन्तर्गत दिपलको प्रिमियम ईभी किन्ने ग्राहकले पहिलो ६ महिनासम्म कुनै पनि मासिक किस्ता तिर्नु पर्दैन। दिपलको यो अफरले ईभी किन्न चाहने नेपाली ग्राहकहरूको सपना पुरा गर्न अझ सजिलो बनाउने कम्पनीको दाबी छ । […]

Jun 17, 2025 - 11:31
 0
दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, ६ महिनासम्म किस्ता तिर्नु नपर्ने

काठमाडौं । दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले ग्राहकका लागि नयाँ स्किम सार्वजनिक गरेको छ ।

‘ड्राइभ नाउ, पे लेटर’ नामको यो योजनाअन्तर्गत दिपलको प्रिमियम ईभी किन्ने ग्राहकले पहिलो ६ महिनासम्म कुनै पनि मासिक किस्ता तिर्नु पर्दैन।

दिपलको यो अफरले ईभी किन्न चाहने नेपाली ग्राहकहरूको सपना पुरा गर्न अझ सजिलो बनाउने कम्पनीको दाबी छ ।

यो स्किमअन्तर्गत पहिलो ६ महिनासम्म नि:शुल्क मासिक किस्ता, पुरानो कारमा बजारकै उत्कृष्ट एक्सचेन्ज भ्यालु, नि:शुल्क अटो प्लस इन्स्योरेन्स, ७ किलोवाट वाल चार्जर र ३ किलोवाट ट्राभल चार्जर नि:शुल्क, २०७८/७९ सालको सडक कर निःशुल्क  जस्ता सुविधाहरू राखिएको छ ।

यो अफर दिपल एस ०७, दिपल एस ०७ एल र दिपल एल ०७ मा लागू हुनेछ र नेपालभरिका सबै दिपल शोरूमहरूमा उपलब्ध छ ।

नेपालमा सार्वजनिक भएको एक वर्षमै दिपलले ९०० युनिटभन्दा बढी गाडी बिक्री गरिसकेको छ । कम्पनीका अनुसार दिपल इभीमा सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआर एचयुडी लगायतका १० भन्दा बढी ‘इन्डस्ट्री फर्स्ट’ फिचरहरू छन् जसले गर्दा यो नेपालमै सबैभन्दा रुचाइएको लक्जरी ईभी ब्रान्ड बनेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register