कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले बुधबारका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । पूर्वउद्योगमन्त्री तथा कांग्रेसका […]

Jun 17, 2025 - 11:19
 0
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले बुधबारका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पूर्वउद्योगमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधनको शोक प्रस्ताव पारितलगायत विषयका लागि बैठक बोलाइएको उनले नेपालभ्युजलाई बताए ।

शास्त्रीको सोमबार बिहान काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register