लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

काठमाडौं । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी सेरेसले सन् २०२५ को अप्रिल महिनामा आफ्नो न्यु इनर्जी भेहिकल (एनइभी) सर्वाधिक बिक्री गरेको छ । कम्पनीले उक्त महिनामा ३१ हजार ४८८ युनिट एनइभी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो । पहिलो त्रैमासिकमा देखिएको कमजोर बिक्रीपछि अप्रिलको यो प्रदर्शन […]

Jun 17, 2025 - 11:22
 0
लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

काठमाडौं । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी सेरेसले सन् २०२५ को अप्रिल महिनामा आफ्नो न्यु इनर्जी भेहिकल (एनइभी) सर्वाधिक बिक्री गरेको छ । कम्पनीले उक्त महिनामा ३१ हजार ४८८ युनिट एनइभी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो ।

पहिलो त्रैमासिकमा देखिएको कमजोर बिक्रीपछि अप्रिलको यो प्रदर्शन सेरेसका लागि सकारात्मक संकेतका रूपमा आएको छ ।

चोङकिङ लियाङजियाङ न्यु एरियामा मुख्यालय रहेको सेरेसले हुवावेसँगको सहकार्यमा चीनको लक्जरी ईभी बजारमा बलियो पकड बनाउँदै गएको छ । विशेषगरी, कम्पनीको प्रमुख मोडेल एम नाइनले चीनको लक्जरी भेहिकल बजारमा ११ महिना लगातार बिक्रीको अग्रस्थान कायम राखेको छ । ५० लाख युआन मूल्यको यो मोडेलले बिएमडब्लु, मर्सिडीज बेन्ज जस्ता ब्रान्डका प्रयोगकर्तालाई आकर्षित गरेको छ ।

यसैबीच, मार्चमा सार्वजनिक वितरण गरिएको एम नाइनको २०२५ संस्करण र अप्रिलमा सार्वजनिक भएको एम एट मोडेलले बिक्रीमा पुनः वृद्धिको लहर ल्याएको देखिएको छ । बिक्री तथ्यांकअनुसार जनवरीमा १२ हजार ४८३ युनिट रहेको बिक्री मार्चमा घटेर ५ हजार २३६ युनिटमा झरेको थियो भने अप्रिलमा पुनः १३ हजार १४९ युनिट पुगेको छ ।

एम एट मोडेलको सार्वजनिक मूल्य ३५ लाख ९८ हजारदेखि ४४ लाख ९८ हजार युआनसम्म तोकिएको छ । लिडार प्रविधि र हार्मोनी ओएस ककपिट जस्ता फिचरले सुसज्जित एम एट, एम नाइनभन्दा सस्तो दरमा उपलब्ध छ । यसले केही हप्तामै ७० हजारभन्दा बढी प्री–अर्डर संकलन गर्न सफल भएको छ ।

यद्यपि कम्पनीले एम एट को विस्तृत डेलिभरी विवरण हालसम्म सार्वजनिक गरिसकेको छैन । विश्लेषकहरूका अनुसार, उच्च प्री–अर्डरले बिक्रीको सम्भावना बलियो बनाएको भएता पनि, वास्तविक वितरण प्रोडक्सन क्षमताको सीमाना, स्टक म्यानेजमेन्ट र अर्डर रद्द हुने अवस्थाबाट प्रभावित हुनसक्ने देखिन्छ ।

सन् २०२४ मा सेरेसले ४ लाख २६ हजार ८८५ युनिट एनइभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो । तर २०२५ को पहिलो चार महिनाको ट्रेन्डले सो स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ ।

यसैबीच, चीनको सम्पूर्ण एनइभी बजारमा पनि अप्रिल महिनामा उल्लेखनीय सुधार देखिएको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार अप्रिलमा चीनमा १२ लाख २६ हजार एनइभी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४४.२ प्रतिशत वृद्धि हो । सो अवधिमा चीनमा बिक्री भएका कुल सवारीमध्ये ४७.३ प्रतिशत एनईभी रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register