भक्तपुरका सुनचाँदी व्यवसायीको न्युरोडमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुन तथा सुनका गहनामा सरकारले पटक–पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटका विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् । सुनचाँदी व्यवसायी संघ र महासंघहरूले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिएका हुन् । सरकारले बजेटमार्फत् सुन, चाँदी, हिरा […]

Jun 17, 2025 - 10:58
 0
भक्तपुरका सुनचाँदी व्यवसायीको न्युरोडमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

सुन तथा सुनका गहनामा सरकारले पटक–पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटका विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।

सुनचाँदी व्यवसायी संघ र महासंघहरूले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिएका हुन् ।

सरकारले बजेटमार्फत् सुन, चाँदी, हिरा र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।

आन्दोलनकै सिलसिलामा मंगलबार पनि उनीहरूले काठमाडौंको न्युरोड र वसन्तपुर क्षेत्रमा कालो ब्यानरसहित प्रदर्शन गरे । मंगलबार भक्तपुरका सुनचाँदी व्यवसायी न्युरोड पुगेर प्रर्दशन गरेका हुन् ।

भक्तपुर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष बिजेन शाक्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले गरिरहेको कार्यक्रम चाहेर गरेको होइन । परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर लगाएर अन्याय गरियो । जन्मदेखि मृत्युसम्म चाहिने सुनमा जुन कर लगाएको छ त्यो अन्यायपूर्ण नै हो ।’

यस्तै, भक्तपुर सुनचाँदी व्यवसायी संघको सल्लाहकार साक्यन शाक्यले सुनलाई विलासिताको वस्तुमा राख्ने कुरा मान्य नभएको भन्दै हटाउनुपर्ने माग राखे ।

उनले भने, ‘सरकारले आर्थिक वर्ष २०८२–८३ मा सुनलाई विलासिता वस्तु भनेर २/२ प्रतिशत गरेर तीन तहमा ६ प्रतिशत थप कर तथा रत्न पत्थरजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक छ । कर नीतिका विरुद्धमा हामी मंगलबार मौनजुलुसका साथ न्युरोडमा आएका छौ । सुनलाई विलासिताको वस्तुमा राख्ने हामीलाई मान्य नभएको हुनाले यसलाई हटाउनुपर्छ ।’

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register