रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि रास्वपाका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो । उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । बुधबार […]

Feb 5, 2025 - 12:03
 0
रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि रास्वपाका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।

चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो ।

उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

बुधबार सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् ।

आजलाई बहसको सिलसिला बिट मारिएको र भोलि बिहानबाट पुनः बहस सुरु हुनेछ । लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register