मध्यपश्चिम विश्वविद्यालयमा नेविसङ्घको प्यानलै विजयी

काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घको प्यानलै विजयी भएको छ । विवेक खड्का नेतृत्वको प्यानलले नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवारहरूलाई पराजित गर्दै स्ववियुको नेतृत्व हात पारेको हो । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा खड्काले १ हजार १८८ मत प्राप्त गर्दै अनेरास्ववियुका जगतजङ्ग शाहीलाई पराजित गरेका हुन् । शाहीले […]

Apr 2, 2025 - 04:53
 0
मध्यपश्चिम विश्वविद्यालयमा नेविसङ्घको प्यानलै विजयी

काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घको प्यानलै विजयी भएको छ ।

विवेक खड्का नेतृत्वको प्यानलले नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवारहरूलाई पराजित गर्दै स्ववियुको नेतृत्व हात पारेको हो ।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा खड्काले १ हजार १८८ मत प्राप्त गर्दै अनेरास्ववियुका जगतजङ्ग शाहीलाई पराजित गरेका हुन् ।

शाहीले ९०७ मत प्राप्त गरेका थिए । अन्य प्रत्याशी प्रकाश विकले २७५ मत र मिलन बिसीले २३१ मत पाए ।

यस्तै सचिवमा नेविसङ्घका भूपेन्द्र आचार्य १ हजार ३९६ मत ल्याएर विजयी भए भने कोषाध्यक्षमा लोकप्रसाद रिजालले १२५५ मत ल्याएर निर्वाचित भए । ‎‎

मङ्गलबार राति सम्पन्न मतगणनाअनुसार सबै पदमा नेविसङ्घका उम्मेदवार विजयी भएका हुन् ।

सोमबार भएको मतदानमा २ हजार ८६४ मत खसेको थियो । त्यस्तै समानुपातिकतर्फ २ हजार ८६२ मत खसेको थियो । मध्यपश्चिम विश्वविद्यालयमा कुल ४ कहजार ३८३ मतदाता थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register