मेचीनगरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
झापा, २१ माघ । झापा मेचीनगर नगरपालिका–६ मेचीपुलस्थित लागुऔषधि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज बेलुका मेचीनगर–६ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेको ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं. ३ का २२ वर्षीय सुरेन्द्र राईलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध [...] The post मेचीनगरबाट खैरो हेरोइनसहित एक जना पक्राउ appeared first on Jhapa Online.

झापा, २१ माघ । झापा मेचीनगर नगरपालिका–६ मेचीपुलस्थित लागुऔषधि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आज बेलुका मेचीनगर–६ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेको ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं. ३ का २२ वर्षीय सुरेन्द्र राईलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लाष्टिकबाहेक १ ग्राम १३० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
The post मेचीनगरबाट खैरो हेरोइनसहित एक जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






