हावाहुरीले गोठ भत्किँदा किसानले पालेको दुई वटा भैँसी मरे

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान हावाहुरीले गोठ भत्किँदा एक जना किसानले पालेको दुई वटा भैँसी मरेका छन् । व्यवसायिक रुपमा भैँसी पालन गर्दै आएका जिरायत बस्ने रामप्रताप रायको खपडाले छाएको गोठ भत्किँदा त्यसभित्र च्यापिएर दुई वटा भैँसी मरेका हुन् । हावाहुरीले गोठ भत्किँदा तथा दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ […]

Jun 18, 2025 - 04:37
 0
हावाहुरीले गोठ भत्किँदा किसानले पालेको दुई वटा भैँसी मरे

सर्लाही ।

सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान हावाहुरीले गोठ भत्किँदा एक जना किसानले पालेको दुई वटा भैँसी मरेका छन् ।

व्यवसायिक रुपमा भैँसी पालन गर्दै आएका जिरायत बस्ने रामप्रताप रायको खपडाले छाएको गोठ भत्किँदा त्यसभित्र च्यापिएर दुई वटा भैँसी मरेका हुन् । हावाहुरीले गोठ भत्किँदा तथा दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको पीडित बताउँछन् ।

गोठ भत्किएर थिच्दा अन्य दुई वटा भैँसी पनि घाइते भएका छन् । नौ वटा भैँसी भने सकुशल नै रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताएका छन् ।

गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएका छन् । बागमती क्षेत्रमा हावाहुरीसहित मङ्गलबार रातिदेखि नै पानी र ठुलो हावाहुरी चले पनि जिरायतमा यो घटनाबाहेक अन्य क्षतिको बारे जानकारी नआएको प्रहरी निरीक्षक तामाङले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register