युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं : इरान

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’मा खामेनेइले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’ यस्तै अर्को पोष्टमा उनले इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् । इजरायलले इरानको परमाणु आयोजना […]

Jun 18, 2025 - 04:56
 0
युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं : इरान

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’मा खामेनेइले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’

यस्तै अर्को पोष्टमा उनले इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।

इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनासर्त आत्मसमर्पण गर्न भनेका थिए । सोही विषयमा सर्वोच्च नेता खामेनेईले यस्तो चेतावनी दिएका हुन् ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार, ट्रम्पले इजरायलले इरानका भूमिगत आणविक स्थलहरूमा गरिरहेको हमलामा सामेल हुनेबारे विचार गरिरहेका छन्।  हाल, अमेरिकाले इजरायलको हवाई हमलामा संलग्न नभएको बताएको छ। तर, बीबीसीका संवाददाताका अनुसार अमेरिका  भविष्यमा यस द्वन्द्वमा होमिने सम्भावना एउटा ‘ठूलो प्रश्न’ बनेको छ।”

इजरायलले इरानमा आक्रमण सुरु गरेको पाँच दिन भइसकेको छ र दुवै पक्षबाट एकअर्कामाथि हमला जारी छ। तर, इरानीहरूका लागि भने त्यहाँबाट सुरक्षित स्थानमा जान सहज नभएको बताइएको छ।

यस विषयमा युरोप विभाजित देखिएको छ। फ्रान्सले इरानमा शासन परिवर्तनको प्रयास नगर्न चेतावनी दिएको छ भने जर्मनीले इजरायलले ‘फोहोरी काम’ गरेकोमा कृतज्ञता व्यक्त गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register