अमेरिका र रुसले मङ्गलबार रियादमा ‘फलो–अप बैठक’ गर्ने

एजेन्सी । दुई देशका विदेशमन्त्रीबीच ऐतिहासिक वार्ताका लागि भेट भएको एक हप्तापछि अमेरिकी र रुसी अधिकारीहरू मङ्गलबार साउदी अरेबियाको राजधानीमा भेट गर्ने भएको एक कूटनीतिक स्रोतले बताएको छ । वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा सोमबार दुई पक्षका प्रतिनिधिमण्डल ‘मङ्गलबार रियादमा भेट्ने’ स्रोतले जनाएको छ । नयाँ बैठक “गत हप्ताको ‘फलो–अप’ बैठक हुनेछ । यो […]

Feb 24, 2025 - 15:37
 0
अमेरिका र रुसले मङ्गलबार रियादमा ‘फलो–अप बैठक’ गर्ने

एजेन्सी । दुई देशका विदेशमन्त्रीबीच ऐतिहासिक वार्ताका लागि भेट भएको एक हप्तापछि अमेरिकी र रुसी अधिकारीहरू मङ्गलबार साउदी अरेबियाको राजधानीमा भेट गर्ने भएको एक कूटनीतिक स्रोतले बताएको छ ।

वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा सोमबार दुई पक्षका प्रतिनिधिमण्डल ‘मङ्गलबार रियादमा भेट्ने’ स्रोतले जनाएको छ ।

नयाँ बैठक “गत हप्ताको ‘फलो–अप’ बैठक हुनेछ । यो गत हप्ताको भन्दा कम स्तरको छ तर यो अझै पनि प्रगतिको सङ्केत हो”, स्रोतले दुवै पक्षका प्रतिनिधिहरूको नाम नखुलाउने शर्तमा भन्यो ।

एक हप्ताअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको नेतृत्वमा अमेरिकी र रुसी प्रतिनिधिमण्डलहरू अमेरिकी र रुसी राष्ट्रपतिहरू डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको शिखर वार्ताको आधारशिला राख्ने सम्भावित छलफलका लागि रियादमा भेट गरेका थिए ।

गत हप्ताको बैठकको अन्त्यमा सन् २०२२ फेब्रुअरीमा मस्कोद्वारा युक्रेनमा आक्रमण गरेयता दुई शक्तिबीच त्यस स्तरको पहिलो बैठकमा रुस र अमेरिकाले विवाद समाधान गर्न ‘परामर्श संयन्त्र’ स्थापना गर्न र युक्रेनको युद्धमा वार्ताका लागि वार्ताकारहरू नियुक्त गर्न सहमत भएका थिए ।

यो बैठक फेब्रुअरीको सुरुमा ट्रम्प र पुटिनबीचको टेलिफोन वार्तालापपछि भएको थियो । उक्त फोन वार्ताले रुसी राष्ट्रपतिलाई अलग्याउने अहिलेसम्मको पश्चिमी रणनीतिलाई उल्ट्याएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register