इजरायलमा रहेका नेपाललीको सूचना संकलन गर्दै दूतावास, नाम दर्ता गराउन आह्वान

काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूको सूचना संकलन थालेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले सूचना संकलनको काम सुरु गरेको जनाएको छ । इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा रहेका नेपाली जोखिममा परेका छन् । दूतावासले यसअघि […]

Jun 18, 2025 - 07:02
 0
इजरायलमा रहेका नेपाललीको सूचना संकलन गर्दै दूतावास, नाम दर्ता गराउन आह्वान

काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूको सूचना संकलन थालेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले सूचना संकलनको काम सुरु गरेको जनाएको छ ।

इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा रहेका नेपाली जोखिममा परेका छन् । दूतावासले यसअघि इजरायलमा साढे पाँच हजार नेपाली रहेको जनाएको थियो । दूतावासले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार वा स्वदेश फर्किनुपर्ने भए नाम दर्ता गराउन भनेको छ ।

दूतावासले भनेको छ, ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामारत्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register