बुटवल क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

बुटवल । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा विवाद चुलिएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका छन् । सङ्गठनहरूका अनुसार मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको छ । साथै, स्ववियु कोषको आर्थिक पारदर्शिता नहुँदा […]

Mar 9, 2025 - 05:45
 0
बुटवल क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

बुटवल । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा विवाद चुलिएको छ ।

क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।

सङ्गठनहरूका अनुसार मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको छ । साथै, स्ववियु कोषको आर्थिक पारदर्शिता नहुँदा अनियमितताको आशङ्का पैदा भएको, स्ववियु कार्यक्रमहरू एकल विद्यार्थी सङ्गठनलाई केन्द्रित गरेर सञ्चालन गरिएको र निर्वाचन समितिले मनोमानी निर्णय लिएको आरोप लगाएका छन् ।

यी विषयमा पटक–पटक छलफल भएपनि समाधान नआएको भन्दै नेपाल विद्यार्थी सङ्घ, अखिल (समाजवादी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल मगर विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी बहुमत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।

संयुक्त सङ्गठनले निष्पक्ष निर्वाचनको माग गर्दै सहमतिबिना तालाबन्दी खोल्ने प्रयास गरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यार्थी हकहित र शैक्षिक संस्थामा पारदर्शिता कायम गर्न आवश्यक पहल नभए थप सङ्घर्ष गर्ने उनीहरूको घोषणा छ ।

विद्यार्थी सङ्गठनले निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रिया सुनिश्चित नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register