बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता झिक्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंकमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले असार ४ गते निक्षेप संकलन बोलकबोलमार्फत ९० अर्ब रुपैयाँ झिक्ने भएको हो । राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत झिक्न लागेको उक्त निक्षेपको अवधि ३५ दिनको हुनेछ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै बुधबार दिउँसो ३ […]

Jun 18, 2025 - 07:26
 0
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता झिक्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंकमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले असार ४ गते निक्षेप संकलन बोलकबोलमार्फत ९० अर्ब रुपैयाँ झिक्ने भएको हो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत झिक्न लागेको उक्त निक्षेपको अवधि ३५ दिनको हुनेछ ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ । कम्तिमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहे पनि कर्जा लगानी सुस्त हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ । यसरी बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न समयमा रिभर्स रिपो अर्थात निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register