लन्डनका दर्शक रुवायो ‘अञ्जिला’ले

लन्डन- बेलायतमै बस्दै आएका निर्देशक मिलन चाम्स निर्देशित पछिल्लो चलचित्र ‘अञ्जिला’ बेलायतवासी नेपालीहरुले पनि रुचाएका छन् । आइतबार साँझ सनराइज् इभेन्टस्को आयोजनामा लन्डन वुल्लीचको ट्रामसेड थिएटरमा अञ्जिला हेर्ने प्रायः सबै दर्शकले चलचित्रले मन छोएको प्रतिक्रिया दिए। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित चलचित्र हेर्दा अधिकांश दर्शकका आंखा रसाएका देखिन्थे । […]

Jun 3, 2025 - 13:31
 0
लन्डनका दर्शक रुवायो ‘अञ्जिला’ले

लन्डन- बेलायतमै बस्दै आएका निर्देशक मिलन चाम्स निर्देशित पछिल्लो चलचित्र ‘अञ्जिला’ बेलायतवासी नेपालीहरुले पनि रुचाएका छन् ।

आइतबार साँझ सनराइज् इभेन्टस्को आयोजनामा लन्डन वुल्लीचको ट्रामसेड थिएटरमा अञ्जिला हेर्ने प्रायः सबै दर्शकले चलचित्रले मन छोएको प्रतिक्रिया दिए।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित चलचित्र हेर्दा अधिकांश दर्शकका आंखा रसाएका देखिन्थे ।

‘चलचित्रमा देखाइएको संघर्षले मन छोयो । आफ्नै जीवनका संघर्षका दिनहरु पनि ताजा भएर आए’, थिएटरबाट निस्किदै गर्दा लन्डन दूतावासका सेकेन्ड सेक्रेटरी उद्धव न्यौपानेले सुनाए ।

चलचित्र प्रदर्शक सनराइज् इभेन्टस्का प्रकाश कंडेलले पनि सबै दर्शकले चलचित्रलाई रुचाएको र सकारात्मक प्रतिक्रिया दिएको बताए ।

मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’को निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । चलचित्रमा फुटबलर एञ्जिला शीर्ष भूमिकामा छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङसहितका चर्चित कलाकारको समेत अभिनय छ ।

चलचित्र नेपालमा पनि उत्साहजनक प्रतिक्रियाका साथ सुखद व्यपार गर्न सफल भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register