गण्डकी प्रेदशसभामा आजदेखि बजेटमाथि छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि आज (बुधबार)देखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए । बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा […]

Jun 18, 2025 - 08:05
 0
गण्डकी प्रेदशसभामा आजदेखि बजेटमाथि छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि आज (बुधबार)देखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ ।

विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए ।

बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२–०८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register