सीमित व्यक्तिको हातमा ऋण गएको गभर्नरको आशंका 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण गएको आशंका व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) माथिको अर्थ समितिमा भएको छलफलका क्रममा गभर्नर पौडेलले यस्तो आशंका व्यक्त गरेका हुन् ।  हालको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग भएको देखिएको गभर्नर पौडेलको […]

Jun 2, 2025 - 09:46
 0
सीमित व्यक्तिको हातमा ऋण गएको गभर्नरको आशंका 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण गएको आशंका व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) माथिको अर्थ समितिमा भएको छलफलका क्रममा गभर्नर पौडेलले यस्तो आशंका व्यक्त गरेका हुन् । 

हालको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग भएको देखिएको गभर्नर पौडेलको भनाई छ । 

उनले ऋण प्रवाहको प्रक्रिया हेर्दा ऋण एक हदसम्म केन्द्रिकृत हुँदै गएको हो की ! भन्ने कन्सन्स रहेको बताएका छन् । उनले बाफियामा यसतर्फ ध्यान दिन पनि सांसद्हरुको ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै, पौडेलले सञ्चालकले कर्जा लिन पाउने की नपाउने ? कति लैजान पाउने ? सञ्चालक भनेको के हो ? बैंक चलाउने मान्छे र व्यवसायीबीचको फरक आवश्यक हो वा होइन ? अरु देशमा छ भने नेपालमा पर्छ पर्दैन ? देशमा भइरहेको जे स्थिति छ, त्यसमा ऋणको प्रवाहदेखि स्वार्थको द्वन्द्वबाट उत्पन्न परिस्थितिका बारेमा पनि बाफिया विधेयक बनाउँदै गर्दा संसद्ले नै आवश्यक निर्णय लिनुपर्ने बताएका छन् । 

कर्जा प्रवाह र ऋणीको हक अधिकारको कुरा सबैभन्दा ठूलो कुरा भएकाले यसलाई बाफियामा स्पष्ट ढंगले परिभाषित गर्नुपर्ने पनि गभर्नर पौडेलले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register