शिवसताक्षी–५ मा विकास : सडकदेखि पर्यटकीय स्थलसम्म

सरोज भट्टराईशिवसताक्षी, ६ असार । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ मा चालु आर्थिक वर्षका विकासका कामहरु अन्तिम चरणमा पुगेका छन् । आर्थिक वर्ष २०८१ ÷०८२ मा वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नंं ५ को कार्यालयले जनाएको छ । वडाले चालु वर्षमा सडक र सामाजिक विकास तर्फका कामहरु [...] The post शिवसताक्षी–५ मा विकास : सडकदेखि पर्यटकीय स्थलसम्म appeared first on Jhapa Online.

Jun 20, 2025 - 03:30
 0
शिवसताक्षी–५ मा विकास : सडकदेखि पर्यटकीय स्थलसम्म

सरोज भट्टराई
शिवसताक्षी, ६ असार ।
झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ मा चालु आर्थिक वर्षका विकासका कामहरु अन्तिम चरणमा पुगेका छन् ।

आर्थिक वर्ष २०८१ ÷०८२ मा वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नंं ५ को कार्यालयले जनाएको छ । वडाले चालु वर्षमा सडक र सामाजिक विकास तर्फका कामहरु धेरै गरेको पाइएको छ ।

शिवसताक्षीको ५ नम्बर वडामा चालु वर्षमा ४.५ किमी सडक कालोपत्रे भएको छ । संघीय सरकारबाट ४ करोड र प्रदेश सरकारबाट विनियोजित २५ लाख रकमबाट ४.५ किमी सडक कालोपत्रे भएको वडाध्यक्ष सिकिन पासवानको भनाई छ । शिवगञ्ज, आमबाढी जनता हुँदै श्यालमारा सडक कालो पत्रे भएको हो । त्यस्तै वडा नं. ५ को जनता चौक उत्तर जाने सडक समेत कालो पत्रे भएको छ । वडामा पछि निर्माण भएका केही सडकहरुमा ग्राभेलको काम पनि भइरहेको वडा कार्यालयले जनाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ५ मा कनकाई नदिमा तटबन्धनको काम निरन्तर भइरहेको छ । गएका वर्षहरुदेखि निरन्तरता पाएको तटबन्धनका कामले यस वर्ष पनि निरन्तर पाएको छ । तटबन्धनका लागि संघीय सरकारबाट गएको वर्षसम्म ६ करोडको काम भइसकेको वडाध्यक्ष सिकिन पासवनले जानकारी दिए । जसमा ६५० मिटर तटबन्धन भएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारबाट विनियोजित १ करोड बराबरको तटबन्धनको काम भएको वडा कार्यालयले जनाएको छ। वडामा पर्ने कनकाई नदिमा अब २ सय मिटर तटबन्धन हुन बाँकी रहेको छ । वर्षौ देखि कनकाई नदि कटानको चपेटामा परेका नागरिकले क्रमशः राहत महसुष गर्न थालेका छन् । वडाध्यक्ष पासवान भन्छन, बाँकी २ सय मिटर तटबन्धन भएपछि गौरीगञ्ज १ र शिवसताक्षी ४ का नागरिकले पनि नदि कटानको पीडा भोग्नु पर्ने छैन ।

वडाले वडा गौरवको आयोजनाको रुपमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माणको चरणमा रहेको छ । वडाध्यक्ष सिकिन पासवानले आफु निर्वाचित भए पश्चात वडा गौरवको आयोजनाको रुपमा अगाडी सारेको भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासले गति लिएको हो ।
पर्यटकीय क्षेत्र कनकाई नदिको तटमा रहेको छ । जसमा कनकाई भगवतीको मन्दिर, इन्टरलक क्लब, गेट लगायत फोटो सुटका लागि रमणीय स्थानहरु निर्माण भइसकेका छन् । चाुल आवमा विनियोजित २० लाख रकमबाट पर्यकीय स्थल परिसरमा गणेशको मन्दिर, पर्यटकीय स्थल जाने सडक तथा धार्मिक क्षेत्र परिसरमा सडक बत्ती जडान गरिएको छ। वडाले उक्त क्षेत्रको थप व्यवस्थित गर्न ५० केजीको घण्टी जडानको तयारी गरिहेको वडाध्यक्ष पासवानको भनाई छ । उनका अनुसार शनिबार र मंगलबारका दिन कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाका नागरिकहरु पुजा गर्न आउन थालेका छन् ।

वडाले चालु आर्थिक वर्षमा विपन्न समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ । महिला उद्यम कार्यक्रम अन्तर्गत गरिवी निवारणका लागि लघु उद्यम विकास तालिम सञ्चालन गरिएको हो । जसमा २ महिने सिलाई कटिङ्ग तालिममा २० जना र व्यटी पार्लर तालिममा २० जना सहभागी रहेका थिए ।

विशेष गरेर वडामा आदिबासी समुदायको उल्लख्य बसोबास रहेकाले वडाले उक्त समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । विपन्न नागरिकलाई स्वास्थ्यलाई ख्याल गर्दै नगरले झुल वितरण गरेको छ ।

वडाका १ सय घरपरिवारलाई झुल वितरण गरिएको छ । वडाले सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा ५० जना सुत्केरी महिलाहरुलाई पोषण, खाद्य सामाग्री, झुल, र नवजात शिशुका लागि दुधदानी, न्यानो कपडा वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

वडामा अधिकांश जमिन खेती योग्य रहेको छ । त्यहाँका किसानलाई कृषि उत्पादनमा टेवा पुरयाउने उद्देश्यले कृषि सामाग्री हस्तान्तरण गरिएको छ । वडाका ४० किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको बताइएको छ ।

वडामा मृत्यु संस्कार कार्यक्रम सञ्चालन गरिएको छ । वडा भित्रका नागरिकको मृत्यु भएमा राहत रुवरुप मृतकका परिवारलाई नगद ५ हजार सहित समवेदना दिइदै आइएको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । उनले कतिपय नागरिकहरु अति विपन्न रहेका छन् । उनीहरुसँग परिवारमा कुनै सदस्य मृत्यु भएका मृत्यु संस्कार गर्ने खर्च समेत हुँदैन । वडाले त्यही आवश्कता बुझी मृत्यु संस्कार कार्यक्रम राखेको बताए ।

वडा भित्र धेरै धार्मिक संस्था वा समूहहरु रहेका छन् । धार्मिक संस्कृति परम्पराको जर्गेना गर्ने उद्देश्यले काम गर्दै आएका तीन वडा धार्मिक समूहलाई बाध्यबाधन प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । उक्त संस्थालाई क्यासियो, स्पीकरण र १ सेट पाइक प्रदान गरिएको हो ।

वडाले चालु आर्थिक वर्षमा ६ लाख ५ हजार ४५९ रुपैया राजश्व संकलन गरेको छ । वडा सचिव शुलभ दाहालको अनुसार वडामा आदिबासी समुदाय धेरै, ठुला बजारहरु नभएकाले पनि राजश्व संकलन अन्य वडाको भन्दा केही कमी देखिएको हो ।

चालु आर्थिक वर्षमा शिवसताक्षी नगरपालिका वडा नं. ५ बाट २६ परिवार बसाई सरी अन्यत्र गएका छन् । वडा कार्यालयमा रेकर्ड भएको तथांङ्क अनुसार २६ परिवार वडा भन्दा बाहिर बसाई सरी गएका छन् भने, ८ परिवार अन्य स्थानमाबाट वडामा बसाई सरी आएका छन् ।

त्यस्तै वडामा २९१ जनाको जन्म दर्ता गरिएको छ, भने ४१ जनाको मृत्यु दर्ता गरिएको सचिव दाहालको भनाई छ । वडाले चालु वर्षमा ३९ जनाको विवाह दर्ता गरेको थियो छ । ५ जनाको भने सम्बन्ध विच्छेदका लागि सिफिरिस दिएको वडा कार्यालयले जनाएको छ ।

The post शिवसताक्षी–५ मा विकास : सडकदेखि पर्यटकीय स्थलसम्म appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register