विनयी खोलामा आएको बाढीले एउटा बस पनि बगायो, यात्रुको सकुशल उद्धार

काठमाडौं । बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रहरीको भनाइ अनुसार बिहीबार राति विनयी खोलामा बाढीले डाइभर्सनसँगै एउटा बस पनि बगाएको छ । काठमाडौंबाट नेपालगञ्जको लागि छुटेको बस डाइभर्सनसँगै थोरै बगेको र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । दाउन्ने र दुम्कीबास […]

Jun 20, 2025 - 03:30
 0
विनयी खोलामा आएको बाढीले एउटा बस पनि बगायो, यात्रुको सकुशल उद्धार

काठमाडौं ।

बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीको भनाइ अनुसार बिहीबार राति विनयी खोलामा बाढीले डाइभर्सनसँगै एउटा बस पनि बगाएको छ । काठमाडौंबाट नेपालगञ्जको लागि छुटेको बस डाइभर्सनसँगै थोरै बगेको र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाडौंबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीले आग्रह गरेको छ ।

पश्चिमबाट पूर्व जाने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन तथा साना गाडीले अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको विकल्प प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ ।

नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ ।

यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण ५ दिनअघि बन्द भएको सडक अझै खुलेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register