खुकुरी प्रहार गरी श्रीमतीको हत्या र कोदालो प्रहार गरी श्रीमानको हत्या, २ जना पक्राउ

झापा, २८ बैशाख । झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमान र खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमातीलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारीलो हतियार खुकरीले [...] The post खुकुरी प्रहार गरी श्रीमतीको हत्या र कोदालो प्रहार गरी श्रीमानको हत्या, २ जना पक्राउ appeared first on Jhapa Online.

May 11, 2025 - 09:29
 0
खुकुरी प्रहार गरी श्रीमतीको हत्या र कोदालो प्रहार गरी श्रीमानको हत्या, २ जना पक्राउ

झापा, २८ बैशाख । झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमान र खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमातीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारीलो हतियार खुकरीले घाँटी काटी हत्या गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई नियन्त्रणमा लिएको छ भने उक्त लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

त्यसैगरी वैसाख २७ गते विहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ का ५१ वर्षीय पाँचकर्ण राईलाई उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले सामान्य वादबिवादको क्रममा कोदालोको पासोले टाउकोमा प्रहार गरी घाइते बनाएकोमा तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले घाईते राईलाई उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

The post खुकुरी प्रहार गरी श्रीमतीको हत्या र कोदालो प्रहार गरी श्रीमानको हत्या, २ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register