टी-२० आई सिरिज : स्कटल्यान्डलाई हराए नेपाल च्याम्पियन बन्ने

काठमाडौं । स्कटल्यान्डमा जारी टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि ग्लास्गोमा सुरु हुनेछ । नेपाल स्कटल्यान्डलाई हराएर सिरिज जित्ने धुनमा छ । अंकतालिकामा नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ […]

Jun 20, 2025 - 05:26
 0
टी-२० आई सिरिज : स्कटल्यान्डलाई हराए नेपाल च्याम्पियन बन्ने

काठमाडौं । स्कटल्यान्डमा जारी टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि ग्लास्गोमा सुरु हुनेछ ।

नेपाल स्कटल्यान्डलाई हराएर सिरिज जित्ने धुनमा छ । अंकतालिकामा नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।

आजको खेलमा स्कटल्यान्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण एक टोली च्याम्पियन हुनेछ ।

यसअघि नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहीबार भएको खेलमा भने नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register