बजेटबारे मन्त्रालयगत छलफलमा विभागीय मन्त्रीलाई अनिवार्य उपस्थित गराउन माग

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको भन्दै मन्त्रीहरूको उपस्थितिमा मात्रै छलफल अघि बढाउन माग गरिएको छ । मन्त्रालयगत रूपमा विनियोजन भएको बजेटबारेको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डडयनमन्त्री बद्री पाण्डे, खेलकुदमन्त्री तेजुलाल चौधरी, महिला तथा बालबालिकामन्त्री नवलकिशोर शाह सुडी अनुपस्थित भएपछि सांसद रामहरी खतिवडाले अनिवार्य उपस्थिति गराउन माग गरेका थिए । यस्तै, […]

Jun 20, 2025 - 07:44
 0
बजेटबारे मन्त्रालयगत छलफलमा विभागीय मन्त्रीलाई अनिवार्य उपस्थित गराउन माग

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको भन्दै मन्त्रीहरूको उपस्थितिमा मात्रै छलफल अघि बढाउन माग गरिएको छ ।

मन्त्रालयगत रूपमा विनियोजन भएको बजेटबारेको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डडयनमन्त्री बद्री पाण्डे, खेलकुदमन्त्री तेजुलाल चौधरी, महिला तथा बालबालिकामन्त्री नवलकिशोर शाह सुडी अनुपस्थित भएपछि सांसद रामहरी खतिवडाले अनिवार्य उपस्थिति गराउन माग गरेका थिए ।

यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको भन्दै उनले विरोध जनाए । ‘सांसदहरूले नियम मान्नुपर्ने मन्त्रीहरूले नपर्ने । यो के हो ?’ उनले प्रश्न गरे ।

सांसदहरूको विरोधपछि युवा तथा खेलकुद मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register