बेलायतमा हुने नेपाली ओपन कन्सर्टमा खेम सेन्चुरी र अन्जु पन्तको विशेष प्रस्तुति

लण्डन । मगर संघ यूकेको आयोजनामा जुन १४ तारिख बेलायतमा हुने नेपाली ओपन कन्सर्टका लागि चर्चित कलाकारहरू खेम सेन्चुरी, अन्जु पन्तलगायत कलाकार बेलायत आउने भएका छन् । मगर संघ यूकेले बुधबार एक पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदाबहार गायिका अन्जु पन्तका […]

May 21, 2025 - 21:05
 0
बेलायतमा हुने नेपाली ओपन कन्सर्टमा खेम सेन्चुरी र अन्जु पन्तको विशेष प्रस्तुति


लण्डन । मगर संघ यूकेको आयोजनामा जुन १४ तारिख बेलायतमा हुने नेपाली ओपन कन्सर्टका लागि चर्चित कलाकारहरू खेम सेन्चुरी, अन्जु पन्तलगायत कलाकार बेलायत आउने भएका छन् ।

मगर संघ यूकेले बुधबार एक पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो ।

कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदाबहार गायिका अन्जु पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनेछन् ।

‘म्यूजिक फर युनिटी’ श्लोगनका साथ बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने सो कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, बयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरू साथै बेलायतका स्थानिय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।

फार्नब्रो रग्बी फुटबल क्लबमा हुने सो कार्यक्रम हेर्न १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउण्ड र सोही दिन किन्दा २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।

१७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश निशुल्क राखिएको छ ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।

कार्यक्रममा करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, सँस्कृतिको जगेर्ना र प्रबर्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ । 

बेलायतमा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।

सो कार्यक्रम सफल पार्न मगर संघ यूकेले आफ्ना १२ वटै शाखा परिचालन गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा बेलायतको विभिन्न वेल्स, क्याट्रिक, मिडल्याण्डलगायतका स्थानहरूबाट सहभागी हुने बताइएको छ ।

कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् ।

पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले दिएका थिए ।

पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुन र संचालन महासचिव गोमानसिंह पुनले गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register