कालीगण्डकी करिडोरमा निरन्तर पहिरो झरेका कारण २४ घण्टादेखि सडक अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोरमा निरन्तर पहिरो झरेका कारण २४ घण्टादेखि सडक अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । शुक्रबार सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिइन् […]

Jun 21, 2025 - 05:54
 0
कालीगण्डकी करिडोरमा निरन्तर पहिरो झरेका कारण २४ घण्टादेखि सडक अवरुद्ध

गुल्मी ।

कालीगण्डकी करिडोरमा निरन्तर पहिरो झरेका कारण २४ घण्टादेखि सडक अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

शुक्रबार सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिइन् ।

अवरुद्ध सडक खुलाउनका लागि एक्साभेटर तयारी अवस्थामा रहे पनि सडक माथिबाट ढुङगाहरु खसिराखेका कारण सडक खुलाउन समस्या भएको उनिले बताइन् । सदरमुकाम तम्घासदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा हिँडेका हीरा कुँवर, टोपलाल अर्याललगायत यात्रुहरु सोही पहिरोमा रोकिएर बसेका छन् ।

सडक खुलाउन समय लाग्ने भएकाले साना सवारीहरुले हर्मिचौरमाथि देउराली अर्वेनीकोट हुँदै झर्न थालेका छन् । सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवल र बुटवलदेखि पुर्तिघाट आएका सवारीहरु अलपत्र परेका छन् । यसका साथै हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने यात्रुहरु पनि अलपत्र परेका छन् ।

हरेक वर्ष उक्त स्थानमा पहिरो खसेर समस्या हुँदै आएको छ । यसैबिच सत्यवती गाउँपालिका ७ चोरकाटेमा गएको पहिरो हटाएर सवारी सुचारु भएको र चन्द्रकोट ७ सिस्नेभिरमा गएको पहिरो हटाइ एकतर्फी सवारी सूचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register