राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापा । झापाको कमल गाँउपालिकामा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने रतुवा खोलाको पुलमा ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परेर कमल गाउँपालिका–५ का ३० वर्षीय शुशिल राईको मृत्यु भएको हो । मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा दमकबाट पूर्व आउँदै गरेको मे […]

Jun 21, 2025 - 06:31
 0
राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापा ।

झापाको कमल गाँउपालिकामा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने रतुवा खोलाको पुलमा ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परेर कमल गाउँपालिका–५ का ३० वर्षीय शुशिल राईको मृत्यु भएको हो ।

मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा दमकबाट पूर्व आउँदै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक राई गम्भीर घाइते बन्नु भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय निम्स अस्पतालमा उद्धार गरी उपचारका लागि पुर्याइएको थियो ।

प्रहरीले ट्रक चालकसहित ट्रक नियण्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register