सदनदेखि सडकसम्म रास्वपा, माइतीघरमा जनताको हस्ताक्षर संकलन (तस्वीरहरू)

काठमाडौं । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिबार) आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा ‘सडक र संसद्’ नामक सार्वजनिक कार्यक्रमको आयोजना गरेको छ । रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिका लागि भन्दै काठमाडौंको माइतीघरमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा सहकारी ठगी मुद्दामा हाल पुर्पक्षका […]

Jun 21, 2025 - 06:38
 0
सदनदेखि सडकसम्म रास्वपा, माइतीघरमा जनताको हस्ताक्षर संकलन (तस्वीरहरू)

काठमाडौं । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिबार) आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा ‘सडक र संसद्’ नामक सार्वजनिक कार्यक्रमको आयोजना गरेको छ ।

रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिका लागि भन्दै काठमाडौंको माइतीघरमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा सहकारी ठगी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथि राजनैतिक प्रतिशोध भएको भन्दै ‘जनताको हस्ताक्षर संकलन अभियान’समेत गरिएको छ ।

कार्यक्रममा रास्वपाका नेता, सांसदसहित तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । यहाँको प्रदर्शनमा भाग लिएर रास्वपाका सांसदहरू ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठकमा भाग लिन गएका छन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिषा प्रकरणलाई लिएर गत जेठ २३ गतेदेखि प्रतिनिधिसभा अवरुद्ध गर्दै आइरहेको छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register