माइतीघरमा रास्वपाको प्रदर्शन, रजकको परिवारलाई ३ लाख दिने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा पार्टीका नेता कार्यकर्ताले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । पार्टीका नेता कार्यकर्ताले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै विभिन्न किसिमका प्लेकार्ड प्रदर्शन गरेका थिए । सो क्रममा रास्वपाले तीनकुने घटनामा मारिएका एभिन्यूज खबरका पत्रकार सुरेश रजकको […]

Jun 21, 2025 - 06:55
 0
माइतीघरमा रास्वपाको प्रदर्शन, रजकको परिवारलाई ३ लाख दिने घोषणा

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा पार्टीका नेता कार्यकर्ताले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

पार्टीका नेता कार्यकर्ताले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै विभिन्न किसिमका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा रास्वपाले तीनकुने घटनामा मारिएका एभिन्यूज खबरका पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register