भारतले इरानबाट नेपाली र श्रीलंकाली नागरिकलाई उद्धार गर्ने

काठमाडौं । छिमेकी देश भारतले द्वन्द्वरत देश इरानबाट आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकालीलाई पनि उद्धार गर्ने भएको छ । यसको जानकारी इरानस्थित भारतीय दूतावासलाई उद्धृत गर्दै डब्लूआईओ न्युजका सह–सम्पादक सिद्धान्त सिबलले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार जानकारी दिएका छन् । नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानस्थित दूतावासद्वारा भइरहेको उद्धार प्रयासमा नेपाली र श्रीलंकाली नागरिकलाई पनि समेटिएको […]

Jun 21, 2025 - 06:56
 0
भारतले इरानबाट नेपाली र श्रीलंकाली नागरिकलाई उद्धार गर्ने

काठमाडौं । छिमेकी देश भारतले द्वन्द्वरत देश इरानबाट आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकालीलाई पनि उद्धार गर्ने भएको छ ।

यसको जानकारी इरानस्थित भारतीय दूतावासलाई उद्धृत गर्दै डब्लूआईओ न्युजका सह–सम्पादक सिद्धान्त सिबलले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार जानकारी दिएका छन् ।

नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानस्थित दूतावासद्वारा भइरहेको उद्धार प्रयासमा नेपाली र श्रीलंकाली नागरिकलाई पनि समेटिएको उनको भनाइ छ ।

‘नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा, भारतको इरानस्थित दूतावासद्वारा भइरहेको उद्धार प्रयासमा नेपाली र श्रीलंकाली नागरिकहरूलाई पनि समेटिनेछ,’ उनले लेखेका छन् ।

यतिबेला इजरायल र इरानबीच द्वन्द्व चलिरँदा त्यहाँ रहेका नेपालीले आफूहरू असुरक्षित रहेको बताइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register