विश्व जल दिवसको अवसरमा साइकल र्‍याली 

लमजुङ।    लमजुङमा चैत ९ गते विश्व जल दिवसको अवसरमा साइकल ¥याली हुने भएको छ । लमजुङ जेसीजको आयोजनमा उक्त दिन साइकल ¥याली हुने भएको हो । विहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको बारे जानकारी गराएको हो ।  ¥याली जिल्लाको सुन्दरबजार नगरपालिकादेखि बेसीशहर नगरपालिका हुँदै मर्स्याङदी गाँउपालिका स्थित भुलभुले पुगेर पुनः बेसीशहर फर्कने गरी […]

Feb 27, 2025 - 14:30
 0
विश्व जल दिवसको अवसरमा साइकल र्‍याली 

लमजुङ।   

लमजुङमा चैत ९ गते विश्व जल दिवसको अवसरमा साइकल ¥याली हुने भएको छ । लमजुङ जेसीजको आयोजनमा उक्त दिन साइकल ¥याली हुने भएको हो । विहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको बारे जानकारी गराएको हो । 

¥याली जिल्लाको सुन्दरबजार नगरपालिकादेखि बेसीशहर नगरपालिका हुँदै मर्स्याङदी गाँउपालिका स्थित भुलभुले पुगेर पुनः बेसीशहर फर्कने गरी साइकल ¥याली गरिने संयोजक हरिबहादुर घिमिरेले बताए । करिब ४० किलोमिटरको साइकल ¥यालीमा पचास भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ । 

जल संरक्षण, ग्लेश्यिर संरक्षण, स्वच्छ पानीको दिगो उपयोग, वातावरण मैत्री यातायातको प्रवर्धन तथा सार्वजनिक रुपमा चेतना अभिवृद्धि गर्ने साइकल ¥यालीको उद्धेश्य रहेको लमजुङ जेसीज बर्ष २०२५ का अध्यक्ष प्रतिजंग तामाङले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register