जेष्ठ नागरिकलाई न्यानो कम्बल
दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । सो अवसरमा उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गर्नुहुदै पालिका अध्यक्ष हिराकुमार थोकरले जेष्ठ नागरिकलाई जाडो मौसममा राहत पुगोस भनेर पालिकाले न्यानो कम्बल वितरण गरेको बताउनु भयो । यस्तो कार्यक्रम […]


दोलखा ।
दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । सो अवसरमा उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।
जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गर्नुहुदै पालिका अध्यक्ष हिराकुमार थोकरले जेष्ठ नागरिकलाई जाडो मौसममा राहत पुगोस भनेर पालिकाले न्यानो कम्बल वितरण गरेको बताउनु भयो । यस्तो कार्यक्रम हरेक वडामा भै रहेको पालिका अध्यक्ष थोकरको भनाई छ ।
जेष्ठ नागरिक सबैको अभिभावक भएकोले उहाँहरुको सुरक्षा पालिकाको मुख्य जिम्मेवारी हो अध्यक्ष थोकरले भन्नु भयो– त्यसैले हामीले जेष्ठ नागरिकहरुको लागि हरेक बर्ष आवश्यकता अनुसारको सामग्री वितरण एवम् नियमित स्वास्थ्य परिक्षण गर्दै आई रहेका छौ ।
पालिकाको सहयोगमा वडा नम्बर– २ ले यो बर्ष ८० देखी ८५ बर्ष उमेर समूहका ३० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण तथा झण्डै डेढ सय जनाको स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष रामकृष्ण भण्डारीले बताउनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिक, एकल महिला लगायतलाई सामाजिक सुरक्षा भक्ता समेत वितरण गरिएको वडा नम्बर– २ का वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।
What's Your Reaction?






