मुख्यमन्त्रीसँग मन्त्री असन्तुष्ट भएपछि ढिलागरी सुरु भयो लुम्बिनीमा बजेट भाषण

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यसँग आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीलगायत मनत्रीहरू असन्तुष्ट भएपछि लुम्बिनी प्रदेशसभामा ढिलागरी बजेट भाषण सुरु भएको छ । पटक–पटक सरेको बजेट प्रस्तुत गर्ने कार्यक्रम आइतबार साँझ ६ बजे मात्र सुरु भएको हो । यसअघि दिउँसो ३ बजेलाई निर्धारण गरेको समय साँझ ५ बजेका लागि सारिएको थियो । त्यसपछि पनि विवाद भएको […]

Jun 15, 2025 - 13:53
 0
मुख्यमन्त्रीसँग मन्त्री असन्तुष्ट भएपछि ढिलागरी सुरु भयो लुम्बिनीमा बजेट भाषण

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यसँग आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीलगायत मनत्रीहरू असन्तुष्ट भएपछि लुम्बिनी प्रदेशसभामा ढिलागरी बजेट भाषण सुरु भएको छ ।

पटक–पटक सरेको बजेट प्रस्तुत गर्ने कार्यक्रम आइतबार साँझ ६ बजे मात्र सुरु भएको हो ।

यसअघि दिउँसो ३ बजेलाई निर्धारण गरेको समय साँझ ५ बजेका लागि सारिएको थियो ।

त्यसपछि पनि विवाद भएको थियो । अहिले दुवै पक्ष ‘कम्प्रमाइज’मा आएपछि साँझ ६ बजे बजेट भाषण सुरु भएको छ ।

मुख्यमन्त्री आचार्यले बजेट बनाउने विषयमा आफूहरूलाई पेलेको भन्दै जेपाली कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिलामन्त्री कार्कीलगायत मन्त्री असन्तुष्ट बनेका थिए ।

मुख्यमन्त्री आचार्य भने नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register