इरान-इजरायल युद्धविरामको भारतले गर्‍यो स्वागत

काठमाडौं । भारतले मंगलबार बिहानदेखि लागू भएको इरान र इजरायलबीचको युद्धविरामको स्वागत गरेको छ। यस क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता र कूटनीतिलाई नै द्वन्द्व समाधानको एक मात्र विकल्पका रूपमा जोड दिएको छ। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी यस क्षेत्रमा दिगो सुरक्षा र स्थायित्वको सम्भावनाको बारेमा गम्भीर रूपमा […]

Jun 25, 2025 - 04:22
 0
इरान-इजरायल युद्धविरामको भारतले गर्‍यो स्वागत

काठमाडौं । भारतले मंगलबार बिहानदेखि लागू भएको इरान र इजरायलबीचको युद्धविरामको स्वागत गरेको छ। यस क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता र कूटनीतिलाई नै द्वन्द्व समाधानको एक मात्र विकल्पका रूपमा जोड दिएको छ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी यस क्षेत्रमा दिगो सुरक्षा र स्थायित्वको सम्भावनाको बारेमा गम्भीर रूपमा चिन्तित छौँ। तर इरान र इजरायलबीचको युद्धविरामको समाचार र यसलाई सम्भव बनाउन संयुक्त राज्य अमेरिका र कतारले खेलेको भूमिकाको स्वागत गर्दछौँ।”

मन्त्रालयले थप स्पष्ट पार्दै भनेको छ, “हामी दोहोर्‍याउन चाहन्छौँ कि यस क्षेत्रमा रहेका धेरै द्वन्द्वहरूको समाधान खोज्न संवाद र कूटनीतिको विकल्प छैन। भारत यी प्रयासहरूमा आफ्नो भूमिका खेल्न तयार छ र आशा गर्दछ सबै सम्बन्धित पक्षहरूले दीर्घकालीन शान्ति र स्थिरताका लागि काम गर्नेछन्।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका थिए, जुन मंगलबार बिहानदेखि दुई देशबीच लागू भएको हो। भारतले यस कदमलाई सकारात्मक रूपमा लिँदै मध्यपूर्वमा शान्ति स्थापनाका लागि थप प्रयासहरूको अपेक्षा गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register