बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन

बुद्धशान्ति, ११ असार । बुद्धशान्तिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन गरिएको छ । बुधबार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु [...] The post बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन appeared first on Jhapa Online.

Jun 25, 2025 - 06:18
 0
बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन

बुद्धशान्ति, ११ असार । बुद्धशान्तिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन गरिएको छ । बुधबार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको छ ।

उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु गरिएको क्लबले आज व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरुलाई क्रियाशील बनाएकोमा खुसी व्यक्त गरेका थिए । उनले कार्यालय सञ्चालन गर्नु मात्रै ठुलो कुरा नभएर नियमित सञ्चालन गर्नु चुनौती रहेको बताउँदै आगामी दिनमा कार्यालय व्यवस्थापनका लागि वडाले गर्न सक्ने सहयोग गर्ने समेत जनाएका छन् ।

कार्यक्रममा प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल, गंगाराम गड्तौला, टंक काफ्ले विकल्पले शुभकामना मन्तव्य राख्दै संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए भने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए । कार्यक्रममा क्लबका अन्य सदस्य एवम् पदाधिकारीरुको समेत उपस्थिति रहेको थियो । सोही अवसरमा संस्थाले सदस्य परिचयपत्र समेत वितरण गरेको थियो ।

The post बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register