पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपालमाथिको थुनछेक बहस सकियो

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथिको मुद्दाको विशेष अदालतमा धुनछेक बहस सकिएको छ । बुधबार साँझ बहस सकिएपछि न्यायाधीशहरू आदेश लेख्न लागिपरेका छन् । बुधबार नै आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ । बुधबार बिहान ११ बजे विशेष अदालतमा उपस्थित भएका नेपालको बयान लिइएपछि थुनछेक बहस सुरु भएको थियो । […]

Jun 25, 2025 - 13:40
 0
पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपालमाथिको थुनछेक बहस सकियो

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथिको मुद्दाको विशेष अदालतमा धुनछेक बहस सकिएको छ ।

बुधबार साँझ बहस सकिएपछि न्यायाधीशहरू आदेश लेख्न लागिपरेका छन् ।

बुधबार नै आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

बुधबार बिहान ११ बजे विशेष अदालतमा उपस्थित भएका नेपालको बयान लिइएपछि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई थुनामा राख्ने, धरौटी रिहा गर्ने वा साधारण तारखेमा छाड्ने भन्ने आदेश निदेछ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अदालतमा ‘विशेष’ सुविधा पाएका थिए । थुनछेक बहसका क्रममा उनलाई न्यायाधीशहरूकै छेउमा विशेष स्थान दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register