राष्ट्र बैंकका गभर्नरसँग ४५ तोला सुन र १५ लाखको हिरा, सेयरमा १४ करोड लगानी, कति छ बैंक ब्यालेन्स ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति सार्वजनिक गरेका छन् । उनले आफ्नो र आफ्नो श्रीमती प्रतिभा शर्माको नाममा भएको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।  गभर्नर डा. पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले आफ्नो ललितपुर र गैडाकोटमा घर भएको र दुवै घर श्रीमतीको नाममा भएको उल्लेख गरेका छन् । उनले ललितपुरमा १ […]

Jun 25, 2025 - 08:27
 0
राष्ट्र बैंकका गभर्नरसँग ४५ तोला सुन र १५ लाखको हिरा, सेयरमा १४ करोड लगानी, कति छ बैंक ब्यालेन्स ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति सार्वजनिक गरेका छन् । उनले आफ्नो र आफ्नो श्रीमती प्रतिभा शर्माको नाममा भएको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

गभर्नर डा. पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले आफ्नो ललितपुर र गैडाकोटमा घर भएको र दुवै घर श्रीमतीको नाममा भएको उल्लेख गरेका छन् । उनले ललितपुरमा १ करोड ५५ लाख र गैडाकोटमा ६० लाखमा जग्गा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यी दुवै जग्गा पनि उनको श्रीमतीकै नाममा छ । 

त्यस्तै, उनले सम्पत्ति विवरणमा आफूसँग ४५ तोला सुन र १५ लाखको हिरा रहेको पनि उल्लेख गरेका छन् । त्यसबाहेक सानिमा बैंकमा २ लाख ४४ हजार १ सय ७६ कित्ता संस्थापक सेयर, सानिमा माई हाइड्रोमा संस्थापकबाट साधारणमा परिणत भएको ९२ हजार ५ सय ७९ कित्ता र सानिमा मिडिल तमोर हाइड्रोमा १ लाख ८८ हजार कित्ता संस्थापक सेयर रहेको पनि विवरणमा उल्लेख छ ।

त्यस्तै, गभर्नर डा. पौडेलको ग्लोबेको प्रालिमा १ लाख ८६ हजार ८ सय ३४ कित्ता सेयर, संयुक्त उर्जा हाइड्रोमा ५ लाख कित्ता सेयर, चितवन इनर्जीमा २ लाख ५० हजार कित्ता सेयर रहेको छ । साथै उनको श्रीमतीको नाममा गोल्बेको प्रालिमा ७५ हजार कित्ता सेयर र श्रीमतीकै नाममा खरिद गरेको ४४ लाखको सुजुकी कार रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

त्यसबाहेक गभर्नर डा. पौडेलको सानिमा बैंकमा १३ लाख २३ हजार, इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार र सानिमा बैंकमै ६६ डलर नगद रहेको छ । त्यस्तै, उनको श्रीमतीको नाममा भने सानिमा बैंकमा १२ हजार, प्रभु बैंकमा ४ लाख ७३ हजार र सानिमा बैंकमा ४४ सय ४६ डलर रहेको छ । गभर्नर भएपछि र कार्यकाल सकिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था अनुसार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register