सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको संसदीय समितिको निष्कर्ष

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषनक नरहेको निष्कर्ष निकालेको छ । समितिको बुधबार बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले सो परियोजनासँग सम्बन्धित दस्तावेजनको विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो । बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दीपकबहादुर […]

Jun 25, 2025 - 14:25
 0
सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको संसदीय समितिको निष्कर्ष

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषनक नरहेको निष्कर्ष निकालेको छ ।

समितिको बुधबार बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले सो परियोजनासँग सम्बन्धित दस्तावेजनको विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो ।

बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।

‘आयोजनाको प्रगति १ प्रतिशत मात्रै देखियो, केकति कारणले न्यून प्रगति भएको हो भनेर बैठकमा छलफल भयो,’ उनले भने, ‘सो सम्बन्धमा सम्बन्धित मन्त्रीसँग थप जानकारी लिने र अध्ययनका लागि आयोजनासँग सम्बन्धित थप कागज मगाउने निर्णय भयो ।’

बैठकले राष्ट्रिय गौरवका आयोजनामा आयोजना प्रमुखको नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ । सो आयोजनामा नौ महिनासम्म आयोजना प्रमुख नतोकिएको पाइएको छ । सो आयोजनाको ठेकेदार कम्पनीमा रमन कन्स्ट्रक्सन जेभी पेटल कम्पनी रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register