आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा

काठमाडौं । विशेष अदालतको इजलास कक्षमा थुनछेक आदेशको प्रतीक्षा गर्दै बुधबार साँझ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बसेका छन् । उनी आफ्ना कानुन व्यवसायी र कार्यकर्तासँग गफिँदै आदेशको पर्खाइमा छन् । आदेशको पर्खाइ तनावपूर्ण हुनुपर्ने हो, तर यो समयमा इजलास कक्षमा रमाइला किस्साहरूबीच गफगाफ चलिरहेको छ । केही समय अघिमात्र नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई भेट्न […]

Jun 25, 2025 - 15:31
 0
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा

काठमाडौं । विशेष अदालतको इजलास कक्षमा थुनछेक आदेशको प्रतीक्षा गर्दै बुधबार साँझ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बसेका छन् । उनी आफ्ना कानुन व्यवसायी र कार्यकर्तासँग गफिँदै आदेशको पर्खाइमा छन् ।

आदेशको पर्खाइ तनावपूर्ण हुनुपर्ने हो, तर यो समयमा इजलास कक्षमा रमाइला किस्साहरूबीच गफगाफ चलिरहेको छ ।

केही समय अघिमात्र नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई भेट्न सोही दलकी नेत्री रामकुमारी झाक्री इजलास कक्षमा आइपुगेकी छिन् । गोविन्द बन्दी, शम्भु थापा लगायतका कानुन व्यवसायीहरू पनि नेपालसँगै इजलास कक्षमा बसेर आदेशको प्रतीक्षा गरिरहेका छन् ।

यस्तो गम्भीर अवस्थामा पनि इजलास कक्षमा समाचार हेर्दै हास्य परिहासको माहोल बनेको थियो । एक कानुन व्यवसायीले ‘उसिनेको मकै खाएर माधव नेपाल आदेश पर्खिदै भन्ने समाचार आएछ’ भनेपछि इजलासमा हाँसोको फोहोरा छुटेको थियो ।

कार्यकर्ताहरूले नेता नेपाललाई यहाँ यस्तो समाचार आएछ, अर्कोमा यस्तो समाचार आएछ’ भनेर निरन्तर जानकारी दिइरहेका छन् । हरेक विषयको अपडेट आएको छ भन्दै मिडियामाथि केहीबेर छलफल चल्यो ।

’हेर्नु त नेपालका मिडिया कति फास्ट । तपाईं (रामकुमारी झाक्री) आएको भर्खरै होइन, समाचार आएछ,’ इजलासमा समाचार हेर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले भने ।

पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दाको विशेष अदालतमा धुनछेक बहस सकिएसँगै यतिबेला आदेशको प्रतीक्षा छ ।

बुधबार साँझ बहस सकिएपछि न्यायाधीशहरू आदेश लेखिरहेका छन् ।

बुधबार बिहान ११ बजे विशेष अदालतमा उपस्थित भएका नेपालको बयान लिइएपछि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई थुनामा राख्ने, धरौटी रिहा गर्ने वा साधारण तारखेमा छाड्ने भन्ने आदेश दिनेछ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले अदालतमा ‘विशेष’ सुविधा पाएका थिए । थुनछेक बहसका क्रममा उनलाई न्यायाधीशहरूकै छेउमा विशेष स्थान दिइएको थियो ।

काभ्रेस्थित पतञ्जलि योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दायर भएको थियो ।

नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register