प्रचण्ड भोलि दमक आउँदै
झापा, २ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि फागुन ३ गते झापाको दमक आउने हुनुभएको छ । माओवादी केन्द्र नगर अधिवेशनलाई सम्बोधन गर्न उहाँ भोलि दमक आउन लाग्नुभएको हो । नगर अधिवेशन उद्घाटनपूर्व दमकको मुख्य चोकमा आयोजित सभालाई समेत अध्यक्ष प्रचण्डले सम्बोधन गनेर् कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष राजु [...] The post प्रचण्ड भोलि दमक आउँदै appeared first on Jhapa Online.

झापा, २ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि फागुन ३ गते झापाको दमक आउने हुनुभएको छ ।
माओवादी केन्द्र नगर अधिवेशनलाई सम्बोधन गर्न उहाँ भोलि दमक आउन लाग्नुभएको हो । नगर अधिवेशन उद्घाटनपूर्व दमकको मुख्य चोकमा आयोजित सभालाई समेत अध्यक्ष प्रचण्डले सम्बोधन गनेर् कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष राजु आचार्य (अग्नी) ले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा पछिल्लो समय प्रचण्डको बाक्लो उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चर्चा शुरू भएको छ ।
केही समय अघि बिर्तामोड र गौरीगञ्जमा भएको पार्टीको कार्यक्रममा सहभागी भएका प्रचण्ड दमक पछि फागुन १२ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको हुलाकी मार्ग केन्द्रित अभियानको उद्घाटनका लागि कचनकवल आउने कार्यक्रम तय भएको छ । उहाँ बाह्रदशी र झापा गाउँपालिकामा हुने कार्यक्रममा समेत सहभागी हुनुहुनेछ ।
The post प्रचण्ड भोलि दमक आउँदै appeared first on Jhapa Online.
What's Your Reaction?






