सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना पुष्टि

झापा, २४ जेठ । सुदूरपश्चिम प्रदेश कोरोना सङ्क्रमितको सङ्ख्या १३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ऐन्टिजेन परिक्षण गर्दा कैलालीको त्रिनगर नाकामा ३ जना र बैतडीको झुलाघाटमा १ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि विगत तीन दिनको अवधिमा नौ जनामा कोरोना [...] The post सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना पुष्टि appeared first on Jhapa Online.

Jun 7, 2025 - 13:50
 0
सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना पुष्टि

झापा, २४ जेठ । सुदूरपश्चिम प्रदेश कोरोना सङ्क्रमितको सङ्ख्या १३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ऐन्टिजेन परिक्षण गर्दा कैलालीको त्रिनगर नाकामा ३ जना र बैतडीको झुलाघाटमा १ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसअघि विगत तीन दिनको अवधिमा नौ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना सङ्क्रमण देखिएका सबै नेपाली भारतबाट घर फर्किनेहरू रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा।खगेन्द्र बमले भारतसँग सिमानाका जोडिएका कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा सीमा क्षेत्रमा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको बताउनुभयो । सिमानाकामा भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षणसँगै परामर्श दिने गरिएको उहाँले बताउनुभयो ।

The post सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना पुष्टि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register